लामेआहाल अस्थायी ल्याण्डफिल साइटमा फोहोर विसर्जन गर्न सहमति
पाेखरा | साउन २६, २०८०
तस्बिर फाइल
पोखरा: पोखरा महानगरपालिका वडा नं.३२ लामेआहाल स्थित अस्थायी ल्याण्डफिल साइटमा देखिएको समस्या सुल्झिएको छ । पोखरा महानगरपालिकाको पूर्वाधार विकास समितिका संयोजक समेत रहेका वडा नं.२६ का वडा अध्यक्ष नरेन्द्र थापा र फोहोरमैला व्यवस्थापन समितिका संयोजक समेत रहेका वडा नं. ३३ का वडा अध्यक्ष रामचन्द्र अधिकारीको पहलमा समस्या समाधान गरिएको हो ।
महानगरपालिकाका प्रमुख धनराज आचार्यले अध्यक्षद्धय थापा र अधिकारीलाई फोहोर व्यवस्थापनको अवरोध हटाई समाधान गर्ने जिम्मेवारी दिनुभएको थियो । सोही जिम्मेवारी अनुरूप वडाध्यक्षद्वयको पहलमा स्थानीय, सङ्घर्ष समिति र महानगरका बिच १८ महिना फोहोर विसर्जन गर्ने सहमति भएको छ ।
१८ महिनाका लागि पोखरा महानगरपालिका र लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडास्तरिय प्रतिनिधि एवं प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका बिच सहमति भएको छ । सहमति अनुसार यस अवधिमा पनि खाडल नपुरिए स्थानीयवासी र महानगरपालिका बिच पुनः सहमति गर्न सकिने छ ।
फोहोर बोकेका गाडीहरू विर्सजनस्थलमा बिहान ६ बजेदेखि बेलुका ४ बजेसम्म प्रवेश गरिसक्नुपर्ने छ भने, तत्कालै माटोले फोहोर पुर्ने कार्य आवश्यकताअनुसार गर्नु पर्नेछ । विर्सजनस्थलबाट कुनै पनि कबाडीजन्य सामग्री सङ्कलन गरिने छैन । सहमति अनुसार क्षेत्रीय बसपार्क निर्माण सुनिश्चित गर्ने कार्य अगाडि बढाइनेछ । फोहोरमैला विर्सजनस्थलका प्रभावित नागरिकको स्वास्थ्य बिमा गरिनेछ । फोहोर मैला विर्सजनस्थलमा दुर्गन्ध नआउने गरी कीटनाशक विषादी छरिनेछ । स्थानीयहरूलाई सिपका आधारमा रोजगारीमा पहिलो प्राथमिकता दिइने लगायतका विषयहरू सहमतिमा उल्लेख छन् ।
सहमतिका लागि महानगरको तर्फबाट वडाध्यक्ष द्वय थापा र अधिकारीको अग्रसरता र स्थानीयको तर्फबाट लामेआहालमा फोहोर विसर्जनका विरुद्ध गठित सङ्घर्ष समिति, राजनीतिक पार्टीका वडा स्तरीय प्रतिनिधि, प्रभावित क्षेत्रका टोल विकास संस्थाका प्रतिनिधिका रोहबरमा सहमति पत्र तयार गरिएको हो । सहमति पत्रको साक्षी भने वडा नं.३२ का जनप्रतिनिधिहरू बस्नुभएको छ ।
मुस्ताङ: प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिर दर्शन गरेर वैकल्पिक मार्ग हुँदै माथिल्लो मुस्ताङ जान सकिने गरी यहाँको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका १, २ र ३ नम्बर वडा जोड्ने (मुक्तिनाथ–तेताङ) चक्रप...
काठमाडौं: आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा उम्मेदवारले गर्ने खर्चको सीमा तोकिएको छ । निर्वाचन आयोगले सुगम मानिएका जिल्लाका हकमा र दुर्गम मानिएका जिल्लाका हकमा फरकफरक खर्...
पोखरा: शिव शक्ति क्याम्पस सञ्चालक समितिका नवनिर्वाचित अध्यक्ष टुवराज बास्तोला ‘विशाल’ ले शिव शक्तिमा पढ्ने विद्यार्थीलाई रोजगारीको ग्यारेन्टी हुने बताएका छन् । दोस्रो कार्यकालको लागि अध्यक्षमा निर्वा...

